सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका Under Secretary General बाट शिष्टाचार भेट

आज मिति २०७३ साल कात्तिक १ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका Under Secretary General Prof. Philippe Douste-Blazy बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र संयुक्त राष्ट्र संघबीच भइरहेका आपसी सहयोगमा बृद्धि एवं सम्बन्ध सुदृढिकरणका विषयमा छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि फ्रान्सेली राजदूत H.E. Mr. Yves Carmona र राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

उपसचिव