सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल मंसिर ८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७३/०७४ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको अन्ठाउन्नौ वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालयका एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता