सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवस २०७४ का अवसरमा दिनुभएको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मुलन सम्वन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  वमोजिम नेपालमा लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौः कोही नछुटौं भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिलाहरु हिंसा, विभेद, अपमान र पिडा खप्न वाध्य छन् । वोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसक्दा पनि अन्धविश्‍वासको कारणले त्यस्ता पिडाबाट नेपाली महिलाहरुको उन्मुक्ती हुन सकेको छैन । समाजमा चलि आएका परम्परा, अन्धविश्‍वास, कुरीति, कुसंस्कारको अन्त्यको लागि नागरिक समाजले चेतना फैलाउनु पर्ने आवश्यकता छ ।

अन्तमा, महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७४ मंसिर ९ गते शनिबार ।