इदुलफित्र पर्व २०७५ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुलफित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा इदुलफित्र पर्वले नेपालीहरुबीच आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु ।

रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने इदुल फित्र पर्वको विशेष महत्व रहेको छ । स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास मार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यस महत्वपूर्ण चाडले सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७५ साल असार गते २ गते शनिबार ।