सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General बाट शिष्टाचार भेट

आज मिति २०७५ साल असार ५ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General Zubair Mahmood Hayat ले शिष्टाचार भेट गर्नुभयो । सो भेटका अवसरमा नेपाल र पाकिस्तानबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र  पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता