सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल असार १० गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले  भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न भएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराउनु भयो । उक्त भेटका अवसरमा माननीय परराष्ट्र मन्त्री  लगायत उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता