कार्यभार तोकिएको

आज मिति २०७५ साल असार ५ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असार ५ गते मंगलबार चीनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता