सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रमुख सूचना आयुक्तबाट भेट

आज मिति २०७३ साल फागुन ११ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बाँस्कोटा, सूचना आयुक्तद्वय श्री किरणकुमार पोखरेल र श्रीमती यशोदादेवी तिम्सिनाबाट भेट भयो । उक्त भेटका अवसरमा प्रमुख सूचना आयुक्तले आर्थिक वर्ष २०७२/०७३ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरुका बारेमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अवगत गराउनु भयो ।

(केशव प्रसाद घिमिरे)

उपसचिव