सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल माघ २८ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको विभिन्न मितिको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३
२. स्थानीय तह निर्वाचन विधेयक, २०७३

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता