सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका केन्द्रिय रेल मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन ८ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका भारतका केन्द्रिय रेल मन्त्री महामहिम श्री सुरेश प्रभुबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपाल उद्योग परिसंघ (CNI) का पदाधिकारीहरु, नेपालस्थित भारतीय राजदूतवासका प्रतिनिधि लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो । भारतीय रेल मन्त्री नेपाल सरकारको समन्वयमा CNI द्वारा आयोजित पूर्वाधार सम्मेलन (Infrastructure Summit) मा भाग लिन दुईदिने भ्रमणमा हिजो नेपाल आउनु भएको हो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता