सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तिहार, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार, २०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रो संस्कृति र दर्शनले पशुपंक्षी र वनस्पतिलाई मानव जीवनको अभिन्न अंग मानेका कारण तिनीहरुप्रति सम्मान व्यक्त गर्ने हाम्रो परम्परा रहिआएको छ । तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने गरिन्छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाई र दिदी बहिनीका बीचको आपसी स्नेह र ममतालाई प्रगाढ बनाउन मद्दत गर्दछ । यस चाडले नेपाली-नेपालीबीचको आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यबाद !

२०७५ साल कार्तिक २१ गते बुधबार ।