सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका नायव महासचिवबाट शिष्टाचार भेट

आज मिति २०७५ साल कात्तिक ३० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघका नायव महासचिव H.E. Ms. Amina J. Mohammed बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा संयुक्त राष्ट्र संघको सहयोगमा नेपालमा संचालन भइरहेका कार्यक्रमहरु र नेपाल तथा संयुक्त राष्ट्र संघबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता