नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा  नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चावहिल निवासी अधिवक्ता श्री रमेश वडाललाई  नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

(रूपनारायण भट्टराई)

प्रवक्ता