बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट र सहायक कर्णेल कमाण्डेट लगायतको प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट Mr. Richard Wardlaw OBE र सहायक कर्णेल कमाण्डेट Mr. Mark Lancaster लगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो। नेपालका लागि संयुक्त अधिराज्यका राजदूत समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँहरूले सम्माननीय राष्ट्रपतिज्यू समक्ष Brigade of Gurkha को सन् २०२३ को वार्षिक प्रतिवेदन समेत पेश गर्नुभयो। सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो। साथै, उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ब्रिटिश गोर्खा सैनिकहरूका बारेमा चासो व्यक्त गर्दै बेलायतले नेपालको विकास साझेदारको रूपमा नेपालको विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८० साल माघ १२ गते शुक्रबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता