अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Ms. Felicity Jane Volk ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सो अवसरमा साम्माननीय राष्ट्रपतिज्यूले दक्षिण पूर्वी एशिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा समेत अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकोले नेपाल जस्ता भू-परिवेष्ठित र अल्प विकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने कुरामा विश्वस्त रहेको कुरा बताउनु भयो।

२०८० साल माघ ११ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता