जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President बाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका जर्मनीको Friederich Ebert Stiftung (FES) का Global President H.E. Dr. Martin Schulz ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जर्मनी बीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको व्यहोरा उल्लेख गर्दै FES ले काठमाडौं स्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्यहरू गर्दै आएकोमा खुशी समेत व्यक्त गर्नुभयो।

२०८० साल माघ १७ गते बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता