गैरआवासीय नेपाली राजदूत पदमा  नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाको लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा  नियुक्त गर्नुभएको छ।

२०८० साल माघ १६ गते मङ्गलबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता