सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले माघे संक्रान्ति एवम् माघी पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्व, २०८० को शुभकामना सन्देश माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु । यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराई वासीले ‘नहान’ अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना गरी घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता खाद्य परिकार सेवन गर्ने परम्परा Read More …

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का Director General बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का Director General H.E. Dr. Qu Dongyu ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले खाद्य तथा कृषि संगठनले नेपालमा विशेष गरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि एवम् सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिँदै नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा बताउनु भयो। २०८० साल पुस २७ गते शुक्रबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८० को शुभकामना सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पृथ्वीनारायण शाहले  स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पाएका छौं ।  स-साना राज्यमा छरिएर रहेको Read More …

आयरल्याण्डको माथिल्लो सभा (Seanad Éireann) का अध्यक्षबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष आयरल्याण्डको माथिल्लो सभा (Seanad Éireann) का अध्यक्ष  Rt. Hon. Jerry Buttimer ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले वर्तमान सरकारको प्राथमिकता दीगो आर्थिक विकास रहेको र यसले नै लोकतन्त्र, समावेशीकरण र संघीयतालाई संस्थागत गर्नमा योगदान दिनेछ भन्नेमा नेपाली जनताको विश्वास रहेको कुरा बताउँदै नेपाल र आयरल्याण्डबीच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभयो। २०८० साल पुस २६ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सार्कका नवनियुक्त महासचिवबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव H.E. Mr. Md. Golam Sarwar ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा बताउँदै अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेछन् भन्ने कुरामा आशा व्यक्त गर्नुभयो । २०८० साल पुस २५ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजत समारोहलाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू,      मन्त्रीज्यू, पूर्वउपप्रधानमन्त्रीज्यू, माननीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूज्यू, प्रधानसेनापतिज्यू, नगरप्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरू, उपस्थित महिला तथा सज्जनवृन्द ! नेपालीहरूले आफ्नो वीरगाथा कायम गर्न सफल भएको यस ऐतिहासिक भूमिमा उभिरहँदा आज मलाई गौरवको अनुभूति भएको छ । म यतिबेला यो क्षणमा नेपाल-अङ्ग्रेज युद्धका क्रममा वीरगति प्राप्त गर्नुहुने ती सपूतहरू लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हबलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दल खम्ब थापा, काजी वीरभञ्जन पाँडे, शमशेर राना मगर र जुठे बस्नेतप्रति श्रद्धा व्यक्त गर्दछु ।  सो युद्धका कमान्डर कर्णेल उजिरसिंह थापालाई पनि म Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहका अवसरमा गर्नुभएको सम्बोधन

शतवार्षिकी समारोह एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, माननीय मुख्यमन्त्रीज्यू, उपस्थित महिला तथा सज्जनवृन्द ! सर्वप्रथम म पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहका अवसरमा यहाँका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सहयोगदाता एवम् शुभेच्छुकहरूमा यस ऐतिहासिक क्षणमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । तनहुँ जिल्लामा यति लामो इतिहास भएका स्कुल कमै होलान् । राणाकालको त्यो जमानामा पनि पहाडको यस्तो गाउँमा स्कुल स्थापना गरेर शिक्षाको ज्योति फैलाउने हाम्रा अग्रज धन्य छन् । सर्वप्रथम म तिनलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछु । यो विद्यालयलाई अहिलेसम्म धानेर ल्याउने तिनका उत्तराधिकारीलाई पनि धन्यवाद दिन चाहन्छु । शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको Read More …

मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री H.E. Dr. S. Jaishankar ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र गणतन्त्र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र भारतलाई शताव्दीयौं देखि प्राकृतिक, साँस्कृतिक र धार्मिक सम्पदाहरूले जोडेको हुँदा यी दुई देशका जनताको वृहत हितका लागि यी सम्पदाहरूको परिचालन र संरक्षण आवश्यक रहेको कुरा बताउनुभयो। साथै, उहाँले जलवायु परिवर्तनका कारण हाल नेपाल लगायत विश्वमै परेको प्रभावका सम्बन्धमा सबैले गम्भीरतापूर्वक लिन र हिमाल लगायत वातावरण संरक्षणका लागि सामुहिक पहलमा जोड दिनुभयो। २०८० साल पुस १९ गते बिहीबार। (शैलजा Read More …