मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री H.E. Dr. S. Jaishankar ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र गणतन्त्र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र भारतलाई शताव्दीयौं देखि प्राकृतिक, साँस्कृतिक र धार्मिक सम्पदाहरूले जोडेको हुँदा यी दुई देशका जनताको वृहत हितका लागि यी सम्पदाहरूको परिचालन र संरक्षण आवश्यक रहेको कुरा बताउनुभयो। साथै, उहाँले जलवायु परिवर्तनका कारण हाल नेपाल लगायत विश्वमै परेको प्रभावका सम्बन्धमा सबैले गम्भीरतापूर्वक लिन र हिमाल लगायत वातावरण संरक्षणका लागि सामुहिक पहलमा जोड दिनुभयो।

२०८० साल पुस १९ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता