आयरल्याण्डको माथिल्लो सभा (Seanad Éireann) का अध्यक्षबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष आयरल्याण्डको माथिल्लो सभा (Seanad Éireann) का अध्यक्ष  Rt. Hon. Jerry Buttimer ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले वर्तमान सरकारको प्राथमिकता दीगो आर्थिक विकास रहेको र यसले नै लोकतन्त्र, समावेशीकरण र संघीयतालाई संस्थागत गर्नमा योगदान दिनेछ भन्नेमा नेपाली जनताको विश्वास रहेको कुरा बताउँदै नेपाल र आयरल्याण्डबीच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभयो।

२०८० साल पुस २६ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता