संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का Director General बाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का Director General H.E. Dr. Qu Dongyu ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले खाद्य तथा कृषि संगठनले नेपालमा विशेष गरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरूको क्षमता अभिवृद्धि एवम् सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिँदै नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा बताउनु भयो।

२०८० साल पुस २७ गते शुक्रबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता