सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७४ साल मङ्‌सिर १० गते र मङ्‌सिर २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७४ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४/७/१ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७४/७/६ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७४/७/६ को पत्रमा उल्लिखित सिफारिस बमोजिम सम्वत् २०७४ साल मङ्‌सिर १० गते र मङ्‌सिर २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७४/७/८ मा स्वीकृति प्रदान गर्नुभएको छ ।

 

(पुष्कर सापकोटा)

सहसचिव