सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल कार्तिक ८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भियनास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि श्री प्रकाशकुमार सुवेदीलाई गणतन्त्र अष्ट्रियाको लागि नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

 

(पुष्कर सापकोटा)

सहसचिव