शुभ दीपावली २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

शुभ दीपावली २०७४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रत्येक नेपालीको घरघरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न शुभ दिपावली २०७४ ले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यबाद ! २०७४ साल कार्तिक २ गते बिहीबार ।

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल कार्तिक १ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १. सहकारी विधेयक, २०७४ २. स्वास्थ्य बीमा विधेयक, २०७४ ३. वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक, २०७४ ४. प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४     (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संवैधानिक निकायका पदाधिकारीहरुबाट भेट

आज मिति २०७४ साल असोज ३१ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संवैधानिक निकायका पदाधिकारीहरुबाट भेट भयो । उक्त भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माननीय श्री दीप वस्न्यात, महालेखापरीक्षक माननीय श्री टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त माननीय डा. अयोधीप्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय श्री अनुपराज शर्मा, महान्यायाधिवक्ता माननीय श्री वसन्तराम भण्डारी लगायत संवैधानिक निकायका पदाधिकारीहरु एवम् सचिवहरु समेतको उपस्थिति थियो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले आसन्न शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिनुभयो ।   (केशव प्रसाद घिमिरे) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट

आज मिति २०७४ साल असोज ३० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति श्री शेरवहादुर देउवाज्यू, नेकपा (एमाले) का अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यू, नेकपा माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, राप्रपाका अध्यक्ष तथा माननीय उपप्रधानमन्त्री श्री कमल थापाज्यू, माननीय उपप्रधानमन्त्री श्री विजयकुमार गच्छदारज्यू, पूर्वप्रधानमन्त्रीहरु लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले आसन्न शुभदीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्षमा शुभकामना दिनुहुँदै राष्ट्रिय एकताबाट मुलुकका जल्दावल्दा समस्याहरु समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने र आसन्न प्रतिनिधि सभा Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

विज्ञप्ति आज मिति २०७४ साल असोज ३० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १. मुलुकी देवानी (संहिता) विधेयक, २०७४ २. मुलुकी देवानी कार्यविधि (संहिता) विधेयक, २०७४ ३. मुलुकी अपराध (संहिता) विधेयक, २०७४ ४. मुलुकी फौजदारी कार्यविधि (संहिता) विधेयक, २०७४ ५. फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ ६. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७४ ७. भाषा आयोग विधेयक, २०७४   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल असोज २९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १. राष्ट्रिय दलित आयोग विधेयक, २०७४ २. अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, २०७४ ३. स्थानीय सरकार सञ्चालन विधेयक, २०७४ ४. थारु आयोग विधेयक, २०७४ ५. प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ ६. उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४ ७. राष्ट्रिय Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू तथा नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल असोज २८ गते शनिबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिलमा उल्लिखित नवनियुक्त माननीय उपप्रधानमन्त्री तथा नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, संवैधानिक नियकायका माननीय प्रमुखज्यूहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु  समेतको उपस्थिति थियो । तपसिल क्र.सं. नामथर कार्यविभाजन 1. श्री कमल थापा उपप्रधानमन्त्री, विनाविभागीय 2. श्री जयन्त चन्द मन्त्री, विनाविभागीय 3. श्री दिलनाथ गिरी मन्त्री, विनाविभागीय 4. श्री विक्रमबहादुर थापा मन्त्री, विनाविभागीय   (प्रल्हादप्रसाद पुडासैनी) उपसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल असोज २७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ २. राष्ट्रिय समावेशी आयोग विधेयक, २०७४ ३. आदिवासी जनजाति आयोग विधेयक, २०७४ ४. मधेशी आयोग विधेयक, २०७४ ५. अन्तर-सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ ६. राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४ ७. राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त

आज मिति २०७३ साल असोज २४ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीशज्यूहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ ।  क्र.सं. नाम थर पद/अदालत 1. श्री बमकुमार श्रेष्ठ मुख्य न्यायाधीश, उच्च अदालत तुलसीपुर 2. श्री डम्बरबहादुर शाही मुख्य न्यायाधीश, उच्च अदालत सुर्खेत 3. श्री टंकबहादुर मोक्तान मुख्य न्यायाधीश, उच्च अदालत पाटन   सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीशज्यूसमक्ष आजै नवनियुक्त न्यायाधीशज्यूहरुले सर्वोच्च अदालतको न्यायाधीश पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।   (कृष्णमुरारी न्यौपाने) सहायक प्रवक्ता

बगैंचा तथा फूलबारी र सरसफाइ व्यवस्थापन सम्बन्धी बोलपत्र आह्वानको सूचना

बगैंचा तथा फूलबारी र सरसफाइ व्यवस्थापन सम्बन्धी बोलपत्र आह्वानको सूचना