सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल कार्तिक ६ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
1. नर्वे H.E. Mr. Lasse BjØrn Johannessen आवासीय
2. जर्मनी H.E Mr. Roland Schaefer आवासीय
3. ई.यू. H.E. Ms. Veronica Cody आवासीय
4. न्यूजिल्याण्ड H.E. Ms. Joanna Mary Kempkers गैरआवासीय

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता