नेपाल सम्वत् ११३८ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु ।

अन्तमा, नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको संचार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्‍ने शुभकामना प्रकट गर्दछु ।

धन्यबाद !

२०७४ साल कार्तिक ३ गते शुक्रबार ।