मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
१. श्री वीरेन्द्रप्रसाद महतो मन्त्री वन तथा वातावरण मन्त्रालय
२. श्री प्रमिला कुमारी राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

२०८० साल जेठ ९ गते मङ्‌गलबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता