सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरुबाट प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

आज मिति २०७४ साल माघ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

क्र.सं. नाम थर ठेगाना प्रदेश
प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ धनकुटा प्रदेश नं. १
श्री रत्नेश्वर लाल (कायस्थ) काठमाडौं प्रदेश नं. २
श्री अनुराधा कोइराला काठमाडौं प्रदेश नं. ३
श्री बाबुराम कुवंर अर्घाखाँची प्रदेश नं. ४
श्री उमाकान्त झा धनुषा प्रदेश नं. ५
श्री दुर्गा केशर खनाल सुर्खेत प्रदेश नं. ६
श्री मोहनराज मल्ल कैलाली प्रदेश नं. ७

आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरुले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण समेत गर्नुभयो । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधिशज्यू, माननीय मन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता