सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल सम्वत्, ११४०” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 नेपाल सम्वत् ११४० को शुभकामना सन्देश

नेपाल सम्वत् ११४० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको मौलिक सम्वत्‌को रूपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु ।

नेपाल सम्वत्‌को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।

धन्यवाद !

२०७६ साल कार्तिक १२ गते, मंगलबार ।