सम्माननीय राष्ट्रपतिज्यू र मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति Xi Jinping बीच भेटवार्ता

आज मिति २०७६ साल असोज २५ गते शनिबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति Xi Jinping बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,  आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भयो । उक्त अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू, माननीय परराष्ट्र मन्त्रीज्यू, माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यू, माननीय खानेपानी मन्त्रीज्यूलगायत नेपाल सरकार तथा चीन सरकारका उच्चपदस्थ अधिकारीहरु  समेतको उपस्थिति रहेको  थियो ।  (हरि प्रसाद Read More …

विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असोज २४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम   १ प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक   २ वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक   ३ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक      (हरि प्रसाद दहाल)    प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” का अवसरमा ब्यक्त शुभकामना सन्देश

नेपालीहरूको महान चाड “वडा दशैं/विजयादशमी, २०७६” को शुभकामना सन्देश नेपालीहरूको महान चाड वडा दशैं/विजयादशमी, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।   विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड हो । यो पर्व घटस्थापनादेखि प्रारम्भ भई नवरथा हुँदै कोजाग्रत पुर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ। यस पर्वले सबै नेपालीलाई Read More …

प्रेस नोट

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७६ को अवसरमा मिति २०७६ असोज २१ गते मंगलबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु, विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह १:0० बजे देखि २:0० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:३० बजे देखि ३:३० बजे सम्म टीका प्रदान हुने कार्यक्रम रहेको हुँदा सो दिन शीतलनिवासको गेट नं. 1 को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता २०७६ साल असोज  १७ गते शुक्रबार                   

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रले निर्धारण गरेको नारा समसामयिक छ । यस नारालाई सार्थक बनाउन हामीले सबै क्षेत्रमा ज्येष्ठ नागरिकको सम्मान गर्न जरूरी छ । सर्वप्रथम म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सबैलाई सम्मान अर्पण गर्दछु ।  यस दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको संयुक्त संयोजनमा ज्येष्ठ नागरिकको संरक्षण र सम्बर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउन लागेको जानकारी पाउँदा मलाई Read More …