ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७८ साल वैशाख ३ गते, शुक्रबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
१. जापान H.E. Mr. Kikuta Yutaka आवासीय
२. डेनमार्क H.E. Mr. Freddy Svane गैरआवासीय
३. ग्रीस H.E. Mr. Dionyssios Kyvetos गैरआवासीय
४. बुल्गेरिया H.E. Mrs. Elonora Dimitrova गैरआवासीय

(रूपनारायण भट्टराई)

प्रवक्ता

जापान डेनमार्क
ग्रीस बुल्गेरिया