सार्कका महासचिवबाट शिष्टाचार विदाई भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष सार्कका महासचिव H.E. Esala Ruwan Weerakoon ले शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको कुरा बताउनुभयो।

२०८० साल भदौ १३ गते बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता