जापानको संसदको माथिल्लो सदनका माननीय सदस्यहरूबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष जापानको संसदको माथिल्लो सदनका माननीय सदस्यहरू साथै नेपाल-जापान संसदीय मैत्री समूहका सदस्यहरूसमेत रहनु भएका माननीय H.E. Mr. KOBAYASHI Kazuhiro र H.E. Mr. NAGAI Manbu बाट शिष्टाचार भेट भयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र जापान बीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो।

२०८० साल भदौ ७ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता