सम्माननीय राष्ट्रपति रामचन्द्र पौडलज्यूले सर्वदलीय बैठकमा गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्ष दलका नेताज्यू विभिन्न राजनीति दलका प्रमुख एंव प्रतिनिधिज्यू सर्वप्रथम म यस राष्ट्रपति भवन शीतल निवासमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। राष्ट्रपतिमा निर्वाचित भएपछि तपाईँहरूसँग भेट्ने चाहना भएपनि विभिन्न कारणले ढिलो भयो। तथापि आज यो समय जुरेको छ । समय र सहभागिताका लागि यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ। संविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु। यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो। विभिन्न Read More …

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेटघाट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आज राष्ट्रपति भवनमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्नुभयो। सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू लगायत विभिन्न राजनीतिक दलका अध्यक्षज्यूहरू एवं वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो। २०८० साल भदौ ५ गते मङ्गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रधान न्यायाधीश पदमा नियुक्त

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ। २०८० साल भदौ ४ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री नारायण प्रकाश साउदज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. संयुक्त अधिराज्य H.E. Mr. Robert Dominic Russel Fenn आवासीय २. समाजवादी गणतन्त्र भियतनाम H.E. Mr. Nguyen Thanh Hai गैरआवासीय २०८० साल साउन ३२ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता H.E. Mr. Robert Dominic Russel Fenn, Ambassador of Read More …

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यभार १. श्री अनिता देवी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री अनिता देवीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो । २०८० साल साउन २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

साउदी अरेबियाका राजदूत H.E. Mr. Saad Abuhaimed बाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत H.E. Mr. Saad Abuhaimed ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा दुई देश बीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासका लागि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र साउदी अरब बीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरा बताउनु भयो। २०८० साल साउन २५ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

युरोपियन युनियनका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत H.E. Ms. Nona Deprez ले शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा युरोपियन युनियन र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूले युरोपियन युनियनले नेपालको विकास साझेदारको रूपमा पुर्‍याएको योगदान र वातावरण मैत्री, समावेशी र समतामूलक विकासका लागि गरेको सहयोगका लागि धन्यवाद समेत दिनुभयो । २०८० साल साउन २३ गते मङ्‌गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्री लोक बहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ । साथै, गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत श्री विष्णु पुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत श्री निर्मल राज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०८० साल साउन २२ गते सोमबार । (शैलजा Read More …

नेपालका लागि इजिप्टका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि इजिप्टका राजदूत  H.E. Ms. Noha Hamdy Ahmed ElGebaly ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूले गत वर्ष सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (COP 27) सफलतापूर्वक सम्पन्न गरेकोमा इजिप्ट सरकारलाई बधाई समेत दिनुभयो । २०८० साल साउन २२ गते सोमबार (शैलजा रेग्मी भट्टराई) प्रवक्ता