प्रधान न्यायाधीश पदमा नियुक्त

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ।

२०८० साल भदौ ४ गते सोमबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता