संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेटघाट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आज राष्ट्रपति भवनमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्नुभयो। सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यूहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू लगायत विभिन्न राजनीतिक दलका अध्यक्षज्यूहरू एवं वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।

२०८० साल भदौ ५ गते मङ्गलबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता