नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्री लोक बहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ । साथै, गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत श्री विष्णु पुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत श्री निर्मल राज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०८० साल साउन २२ गते सोमबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता