साउदी अरेबियाका राजदूत H.E. Mr. Saad Abuhaimed बाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत H.E. Mr. Saad Abuhaimed ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा दुई देश बीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासका लागि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र साउदी अरब बीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरा बताउनु भयो।

२०८० साल साउन २५ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता