नवनियुक्त सम्माननीय प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

२०८० साल भदौ ५ गते मङ्‌गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता