सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद् गठन तथा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 1. श्री के.पी. शर्मा ओली प्रधानमन्त्री अर्थ; आपूर्ति; उद्योग; ऊर्जा; कानुन, न्याय तथा संसदीय मामिला; कृषि विकास; खानेपानी तथा सरसफाइ; गृह;  परराष्ट्र; पशुपंक्षी विकास; भूमिसुधार तथा व्यवस्था; भौतिक पूर्वाधार तथा यातायात; युवा तथा खेलकुद; रक्षा; वन तथा भू-संरक्षण; वाणिज्य; विज्ञान तथा प्रविधि; शान्ति तथा पुनर्निर्माण; शिक्षा; श्रम तथा रोजगार;  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्‌घीय मामिला तथा स्थानीय विकास; सहकारी तथा गरिबी निवारण; सहरी विकास; सामान्य प्रशासन; सिँचाइ; सूचना तथा सञ्चार र स्वास्थ्य ।
 2. श्री लालबाबु पण्डित मन्त्री जनसङ्ख्या तथा वातावरण ।
 3. श्री थममाया थापा मन्त्री महिला, बालबालिका तथा समाजकल्याण ।

 

साथै, आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सोही अवसरमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष देहाय बमोजिमका नवनियुक्त मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

क्र.सं. नामथर
1. श्री लालबाबु पण्डित
2. श्री थममाया थापा

(कुलप्रसाद चुडाल)

प्रवक्ता