सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको महान्यायाधिवक्ता पदमा नियुक्ति

आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा  नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह-३, झापा निवासी वरिष्ठ अधिवक्ता श्री अग्नि प्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

(कुलप्रसाद चुडाल)

प्रवक्ता