सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राजीनामा पेश

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ र वर्तमान मन्त्रिपरिषद्‌द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूद्वारा सम्माननीय प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको प्रधानमन्त्री पदमा नियुक्त

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री के. पी. शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ । (कुलप्रसाद चुडाल) प्रवक्ता

विज्ञप्ति

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री के.पी. शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थन सहितको पत्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री के.पी. शर्मा ओलीले पेश गर्नु भयो । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

आज मिति २०७४ साल फागुन २ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (१०) बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति थियो । (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल माघ २९ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि आवासीय राजदूत श्री युवनाथ लम्साललाई नर्वेका लागि र इजरायलका लागि आवासीय नेपाली राजदूत श्री निरन्जनकुमार थापालाई साइप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ । (केशवप्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगकाबाट राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेश

आज मिति २०७४ साल माघ २८ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका अन्य आयुक्तहरु समेतको उपस्थिति थियो ।   (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल माघ २५ गते विहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका नवनियुक्त महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. स्वीट्जरल्याण्ड H.E. Ms. Elisabeth Von Capeller आवासीय 2. सुडान H.E. Mr. Sirajuddin Hamid Yousif गैरआवासीय 3. पानामा H.E. Dr. Gilberto LLerena Garcia गैरआवासीय 4. जाम्बिया H.E. Mrs. Judith K.K. Kangoma-Kapijimpanga गैरआवासीय   (हरिप्रसाद दवाडी) सहसचिव

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल माघ १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त अधिराज्यका लागि आवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई माल्टाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ ।   (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका विदेशमन्त्री महामहिम श्रीमती सुष्मा स्वराजबाट शिष्टाचार भेट

आज मिति २०७४ साल माघ १९ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री महामहिम श्रीमती सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित भारतका महामहिम राजदूत, नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल माघ १८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयका माननीय महान्यायाधिवक्ता श्री वसन्तराम भण्डारीले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । सो अवसरमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री समेतको उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता