सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र भारतका विदेशमन्त्री महामहिम श्रीमती सुष्मा स्वराजबाट शिष्टाचार भेट

आज मिति २०७४ साल माघ १९ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र गणतन्त्र भारतका विदेश मन्त्री महामहिम श्रीमती सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित भारतका महामहिम राजदूत, नेपाल सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता