सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राजीनामा पेश

आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ र वर्तमान मन्त्रिपरिषद्‌द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूद्वारा सम्माननीय प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

(कुलप्रसाद चुडाल)

प्रवक्ता