सम्माननीय राष्ट्रपतिज्यूबाट मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति तथा कार्यविभाजन

आज मिति २०७४ साल फागुन १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिषरिषद्‌मा देहाय बमोजिमको नियुक्ति गरी कार्य विभाजन समेत गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 1. श्री ईश्वर पोखरेल मन्त्री रक्षा
 2. श्री रामबहादुर थापा मन्त्री गृह
 3. श्री मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
4. डा. युवराज खतिवडा मन्त्री अर्थ

 

साथै, आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

 

(हरिप्रसाद दवाडी)

प्रवक्ता