सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे, २०२२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डे, २०२२ को शुभकामना सन्देश इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे‘ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यो पर्व मनाउने गरिएको छ । यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यवद्धताको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को समुद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय गृहमन्त्री, राष्ट्रियसभाका माननीय सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, उद्योग तथा वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! रुपन्देही उद्योग संघ र लुम्बिनी प्रदेश उद्योग परिसंघद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस ‘१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सव – २०७९’ को समुद्‍घाटन समारोहमा सहभागी हुने अवसर पाएकोमा मलाई खुसी लागेको छ । नेपालकै अग्रणी औद्योगिक केन्द्रका रूपमा योगदान गरिरहेको बुटवल-भैरहवा क्षेत्रले नवीन प्रविधिको उपयोग, कृषि तथा  पर्यटन समेतलाई केन्द्रमा राखेर भव्य औद्योगिक प्रदर्शनी आयोजना गरेकोमा म तपाईंहरूलाई विशेष धन्यवाद र बधाई दिन चाहन्छु । नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना Read More …

प्रतिनिधि सभा सदस्यबाट पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य माननीय श्री पशुपति शम्शेर ज.ब.रा.ले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेखित व्यवस्था बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ । २०७९ साल पुस ६ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा  नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. संयुक्त अरब इमिरेट्स H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi आवासीय २. संयुक्त गणतन्त्र ताञ्जानिया H.E. Mrs. Anisa Kapufi Mbega गैरआवासीय ३. गणतन्त्र सर्विया H.E. Mr. Siniša Pavić गैरआवासीय २०७९ साल पुस ५ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi H.E. Mrs. Anisa Kapufi Mbega H.E. Mr. Siniša Pavić  

प्रधानमन्त्री नियुक्तका लागि दावी पेश गर्न आव्हान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९/८/२९ मा पेश हुन आएकोले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७:०० बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजरायलका लागि नेपालको आवासीय राजदूत श्री कान्ता रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल पुस ३ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो २०७९: कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को उद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

प्रदेश १ का माननीय प्रदेश प्रमुख‚ माननीय मुख्यमन्त्री तथा मन्त्रीहरू‚ स्थानीय तहका जनप्रतिनिधिहरू‚ उद्योग संगठन मोरङका अध्यक्ष तथा पदाधिकारीहरू‚ विभिन्न मुलुकबाट प्रदर्शनीमा सहभागी हुनुभएका विज्ञ तथा व्यवसायीहरू, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो २०७९: कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को उद्‍घाटन समारोहमा सहभागी भएर यस क्षेत्रका उद्योगी एवं व्यवसायीहरूसँग साक्षात्कार गर्ने र  औद्योगिक उत्पादनहरूको अवलोकन गर्ने अवसर प्राप्त भएकोमा मलाई अत्यन्त खुसी लागेको छ । औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्य राखी विराट एक्स्पोको सातौं संस्करणको रूपमा ‘कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’को भव्य आयोजना गरेकोमा उद्योग संगठन मोरङलाई हार्दिक धन्यवाद दिँदै म Read More …

निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो। उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो। २०७९ साल मङ्‌सिर २९ गते बिहीबार। (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)द्वारा आयोजित श्री राम मिथिला प्राविधिक शिक्षालयको नवनिर्मित भवन समुद्‍घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन

कार्यक्रमका सभापति, सिटीइभिटीका उपाध्यक्ष, शिक्षालयका प्राचार्य, शिक्षक एवं विद्यार्थीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्रमहिला तथा सज्जनवृन्द ! भोजपुर जिल्लाको यस दुर्गम गाउँ आमबोटेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद  (सिटिइभीटी)द्वारा आयोजित श्री राम मिथिला प्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्‍घाटन कार्यक्रममा सहभागी भई मेरो जन्मघर‚ गाउँ र जिल्लाबासी दाजुभाई दिदीबहिनीहरूसँग भेटघाट गर्ने सुअवसर पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ । म यहीको खेतबारी, उकाली–ओराली, खोलानाला र वनजङ्गलहरूमा खाइखेली गर्दै हुर्केबढेकी तपाईँहरूकै छोरी–चेली हुँ । आफू जन्मेहुर्केको यस गाउँमा प्राविधिक शिक्षालय स्थापना गरी त्यसको नवनिर्मित भवनको उद्‍घाटन गर्ने व्यवस्था मिलाएकोमा म प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदलाई हार्दिक धन्यवाद दिन चाहन्छु Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा गर्नुभएको सम्बोधन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरू‚ विद्यालयका प्रधानाध्यापक‚ शिक्षक एवं विद्यार्थी भाईबहिनीहरू‚ काठमाडौँ महानगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधिहरू‚ राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द । आजभन्दा करिब ६ दशकअघि स्थापना भई यस भेगका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सन्दर्भमा आयोजित यस कार्यक्रममा उपस्थित भएर तपाईँहरूसँग सात्क्षाकार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत समस्त विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको छ । शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान गर्दै असल, योग्य, Read More …