निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो। उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो।

२०७९ साल मङ्‌सिर २९ गते बिहीबार।

(सागर आचार्य)

प्रवक्ता