गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत श्री वासुदेव मिश्रलाई माल्दिभ्सका लागि र अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल मङ्‌सिर २५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्देश ७४‌औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाबाट मानवअधिकारको विश्‍वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० का दिन विश्‍वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष “सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय” भन्ने मूल विषयसहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस  मनाइँदैछ । मानवअधिकार र लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरू कुनै भूगोल विशेषमा मात्र सिमित नभई विश्वव्यापी हुन्छन् भन्ने अवधारणालाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रले स्थापित गरेको छ । त्यसै आधारमा मानवीय Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, बागमती प्रदेशका माननीय मुख्यमन्त्री‚ स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू एवम् पदाधिकारीहरू हस्तकला उद्यमी, व्यवसायी तथा हस्तकला शिल्पीहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! नेपाल हस्तकला महासंघद्वारा आयोजित ‘१९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता’को समुद्‍घाटन समारोहमा सहभागी भएर देशभरिका हस्तकला उद्यमी, व्यवसायी एवं हस्तकला शिल्पीहरूसँग साक्षात्कार गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । नेपाल हस्तकला महासंघले सुखद् स्वर्ण वर्ष पूरा गरेको अवसरमा म महासंघ परिवारलाई हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छु । नेपाली हस्तकलाको आन्तरिक बजार विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्द्धन Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

उधौली पर्व, २०७९ को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वको अवसरमा किराँत समुदायका मूलत: राई‚ लिम्बु‚ याख्खा र सुनुवारहरूले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्नुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सह बनोस् भन्ने कामना सहित भूमिको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल भाषा मंका खल यलद्वारा आयोजित ‘सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार’ प्रदान गरिने कार्यक्रममा गर्नुभएको सम्बोधन

ललितपुर महानगरपालिकाका प्रमुख‚ नेपाल भाषा मंका खल यलका अध्यक्ष तथा पदाधिकारीहरू‚ स्वर्गीय सत्यमोहन जोशीका सुपुत्र‚ ललितपुर जिल्लाबाट स्थानीय तह‚ प्रदेशसभा र प्रतिनिधिसभामा नवनिर्वाचित जनप्रतिनिधिहरू राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जन वृन्द । नेपाल भाषा मंका खल यलद्वारा आयोजित ‘सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार प्रदान कार्यक्रममा उपस्थित भएर नेवा संस्कृति‚ नेपालभाषा र साहित्यको क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूसँग सात्क्षाकार गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । यहाँहरू सबैलाई राष्ट्रपति भवनमा म हार्दिक स्वागत गर्न चाहन्छु । वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ । उहाँले आफ्नो १०३ वर्ष लामो जीवन नेपाली Read More …

वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल मङ्‌सिर २१ गते बुधबार । (सागर आचार्य) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३१ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

३१ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश अपाङ्‍गता भएका व्यक्तिहरूको ३१औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्रसंघको अग्रसरतामा तीन दशकअघि प्रारम्भ गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्दछ । अपाङ्गतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणमा समेत रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले हामी सबैलाई अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु । नेपालको संविधानले अपाङ्‍गता भएका नागरिकलाई Read More …