ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा  नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. संयुक्त अरब इमिरेट्स H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi आवासीय
२. संयुक्त गणतन्त्र ताञ्जानिया H.E. Mrs. Anisa Kapufi Mbega गैरआवासीय
३. गणतन्त्र सर्विया H.E. Mr. Siniša Pavić गैरआवासीय

२०७९ साल पुस ५ गते मङ्गलबार ।

(सागर आचार्य)

प्रवक्ता

H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi H.E. Mrs. Anisa Kapufi Mbega
H.E. Mr. Siniša Pavić