नेपालको प्रधानमन्त्री पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।

२०७९ साल पुस १० गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता